७ बैशाख २०८१, शुक्रबार

गैँडाको संख्या बढ्यो, ६०५ बाट बढेर ६९४ पुग्यो

rainos

चितवनमा एक सिंगे गैँडाको संख्या बढेको छ । आज सौराहामा सार्वजनिक गरिएको गैँडा गणनाको तथ्यांक अनुसार यसअघि चितवनमा ६०५ वटा गैँडा रहेकोमा बढेर ६९४ वटा पुगेको हो । देशभर गैँडाको संख्या ७५२ वटा रहेको छ ।

यही चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना शुक्रबार सकिएको थियो । यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैडा गणनामा खटिएका थिए । हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । तर, कोरोना महामारीका कारण यसपटक एक वर्ष ढिला भएको हो । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक/एक गरी गैँडा गनेका छन् ।

गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए ।

तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो। गैँडा गणनाका क्रममा बर्दियामा एकजना गणकमाथि बाघले आग्रमण गर्दा मृत्युसमेत भएको थियो।