७ बैशाख २०८१, शुक्रबार

घरेलु मैदानमा ओमानसँग फेरि हार्‍याे नेपाल, निराश दर्शक

nepal vs oman toss

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।

खेलमा २५० रनको लक्ष्य पछएको ओमानले ४७ ओभर २ बलमा २ विकेट गुमाउदै २५० रन बनायो । ओमानका लागि आकिव लियाजले शतकीय पारी खेले । १०६ बल खेलेका लियाजले १२ चौका र १ छक्काको सहयोगमा १०९ रन बनाए ।

ओमानका लागि जशन मक्सादले ७९ बल खेल्दै ८ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय खेले । ओमानका लागि खवर अलीले ४१ रन बनाउँदा जितेन्द्र सिंहले २३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने सवाधिक महगा खेलाडी भए । १० ओभर बलिङ गरेका सन्दीपले ६५ रन खर्चिए । नेपालका लागि लागि कुशल मल्ल र सुशन भारीले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय खेले । ७६ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाएका थिए ।