६ बैशाख २०८१, बिहीबार

नेपालले दियो ओमान सामु २५० रनको लक्ष्य

nepal vs oman toss

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल अहिले ओमानसँग भिड्दै छ। पहिले व्याटिङ गरेको नेपालले ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको हो।

५० ओभरमा नेपालले ८ विकेट गुमाएर २४९ रन बनाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्ल २८, ओपनर सुवास खकुरेलले २२, आरिफ शेखले २८, करण केसीले १०, सन्दीप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए उपकप्तान दिपेन्द्रसिंह ऐरी शुन्य रन मै आउट भए ।

ओमानका लागि अकिब इलियासले ४ र मोहमद नादिनले नेपालको ३ विकेट लिए।

पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले हारेको थियो । शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।