१५ चैत्र २०८०, बिहीबार

धनगढीबाट अछाम जादैँ गरेको बस दुर्घटना

buss accident 29 20210409143955

डोटीमा बस दुर्घटनामा परेको छ । धनगढीबाट अछाम जादै गरेको खप्तड मालीका यातायातको ना ७ ख २५७५ नम्बरको बस सिखर नगरपालिका वडा नम्बर ६ को अण्यौल भनिने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ५ जना घाईते भएका छन ।

बसमा ३४ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर मल्लले जानकारी दिए । ठाउँ समथर भएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।