७ बैशाख २०८१, शुक्रबार

विहेअघि नै बच्चा जन्माइन् यी बलिउड अभिनेत्रीले

Kalki Koechlin

बलिउड अभिनेत्री कल्की कोएचलिनले विवाहअघि नै बच्चा जन्माएकी छन्। उनी शुक्रबार आमा बनेको खबर भारतीय सञ्चारमाध्यले जनाएका छन्। कल्लीले छोरीलाई जन्म दिएकी हुन्।

कल्की विवाहपूर्व गर्भवती भएकी थिइन्। इजरायली नागरिक हर्षवर्गसँग उनी लामो समयदेखि रिलेसनसिपमा छिन्।

यसअघि कल्कीले निर्माता निर्देशक अनुराग काश्यपसँग विवाह गरेकी थिइन्। तर ४ वर्षपछि उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो।

पछि कल्ली हर्षसँग रिलेसनसिपमा बसेकी थिइन्। उनी गर्भवती भएदेखि नै बच्चालाई लिएर उत्साहित हुने गर्थिन्। त्यही भएर उनको नामबारे पनि सोचविचार गरिसकेको एक अन्तर्वार्तामा भनेकी थिइन्।

बलिउडमा उनले देव डी, जीन्दगी ना मिलेगी दोबारा, ए जवानी है दिवानीजस्ता फिल्ममा काम गरिसकेकी छन्।