१३ बैशाख २०८१, बिहीबार

सन्दिप र करण चम्किदा संयुक्त राज्य अमेरिकाको ४ ओवरमा ४ विकेट गुम्यो

nepal vs usa first innings

१९१ रन को लक्ष्य पछ्याइरहेको संयुक्त राज्य अमेरिका ४ ओवरमा ४ विकेट गुमाएर खेल्दै छ । करण के.सि ले ३ ओवर मा ६ रन खर्च गर्दै २ विकेट लिए भने सन्दिप लामिछानेले आरोन जोन्स र मोनक पटेललाई एल बि डब्लु को धरापमा पारेर २ विकेट लिन सफल भए ।

१९१ रन को योगफल तयार गर्न कुसल मल्ल को ५० रन र बिनोद भण्डारीको ५९ रन को व्यक्तिगत योगदान महत्वपूर्ण रह्यो । भण्डारी र मल्लको साझेदारी पछी नेपालले ५ विकेटको क्षति पछी आफ्नो लय मा फर्किएको थियो ।