१२ बैशाख २०८१, बुधबार

च्याम्पियन्स लिग: रियल मड्रिडले लिभरपुललाई ३–१ ले पराजित

real madrid

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ ।
क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले शानदार घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।

रियल मड्रिडका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरे । लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काए ।

पहिलो लगेमा फराकिलो अन्तरले पराजित भएसँगै लिभरपुललाई सेमिफाइनल पुग्न कठिनाइ भएको छ । अब घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले कम्तीमा ४-१ ले पराजित गरेमा अर्को चरण पुग्नेछ ।