१४ बैशाख २०८१, शुक्रबार

‘नाङ्गो फोटोसुट’ गर्ने ११ महिला गिरफ्तार

duabai

युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित एक भवनको बालकोनीमा ‘नाङ्गो फोटोसुट’ गरेको आरोपमा ११ जना महिलालाई पक्राउ गरिएको छ । सार्वजनिक स्थानमा नग्नता प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको दुबई प्रहरीले जनाएको छ ।

नग्न महिलाहरूले फोटोसुट गरेको भिडियो शनिबार सार्वजनिक भएको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार पक्राउ पर्नेमा ११ जना युक्रेनी महिला रहेका छन् । दुबईमा सार्वजनिक स्थानमा नग्नता प्रदर्शन गरे ६ महिना जेल र पाँच हजार दिराम जरिवाना गर्ने कानूनी व्यवस्था छ ।