६ चैत्र २०८०, मंगलवार

कैलालीमा मास्कको प्रयोग नगर्नेलाई कारवाही

kailali mask meeting 20210406174530

धनगढीमा संकट व्यवस्थापन केन्द्र कोभिड-१९ को बैठक सम्पन्न भएको छ । मगलवार जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठक सम्पन्न भएको हो ।

स्वास्थ्य सगठनले निकालेको सूचना लाई आम जिल्ला बासिलाई पालना गर्न लगाउने विषयमा निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । नयाँ वर्ष आइरहँदा सीमा नाका भएर आउने नेपाली नागरिकहरू लाई कसरी चेकजाँच गर्ने पोजेटिभ देखिएकाहरू लाई कसरी व्यवस्थापन गर्न भन्ने छलफल भएको थियो ।

उनले भने जिल्लाका सबै पालिकाहरू लाई विगतका आइशुलेशन र क्वारेनटाइन लाई चालु अवस्थामा राख्न आग्रह गरिएको बताए । घरबाहिर निस्कँदा मास्क नलगाउने नागरिकहरू लाई ठाउको ठाउँ कारबाही गर्न उनले जानकारी दिए ।

‘सार्वजनिक सवारी साधनमा स्यानिटाइजर र मास्कको व्यवस्था गर्नुपर्ने, ‘उनले भने प्रहरी मार्फत चेकजाँच गर्न लगाउन यदि मास्क र सेनिटाइजरको व्यवस्था नगरिएको पाएमा कारवाही गछौ ।’ बैठकमा स्थानीय तह,सुरक्षा निकायका प्रमुख र यातायात व्यवस्था कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।