११ बैशाख २०८१, मंगलवार

केपी अ‍ोली अध्यक्ष रहेको पार्टीमा हाम्रो खैरियत छैन् : माधव नेपाल

Madhav Nepal
फाइल फोटो

नेकपा एमालेका नेता माधवकुमार नेपालले सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली जुनसुकै तहमा सम्झौता गर्न तयार भएको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा भएको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै नेता नेपालले आफ्नो स्वार्थका लागि ओलीले यो देशलाई विभिन्न आधारमा खण्ड विखण्ड पार्ने प्रयास गरिरहेको बताएका छन् ।पूर्वधानमन्त्रीसमेत रहेका नेता नेपालले अहिले एक–एक व्यक्तिको अग्नी परीक्षा भइरहेको बताएका छन् । उनले प्रधानमन्त्री अ‍ोलीले आफूलार्य पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भनेकोमा असन्तुष्टी जनाए । उनले आफूले यसअघि प्रचण्ड र केपी ओलीको चोचोमोचोको विरोध गरेको स्मरण गरेका छन् ।

‘एक–एक व्यक्तिको अग्नी परीक्षा भइरहेको छ । हिजो प्रचण्ड र केपी ओलीको चोचोमोचो मानिँदैन भन्ने मान्छे मै हुँ । सत्ता जोगाउनका लागि जुनसुकै तहमा सम्झौता गर्ने वयक्तिका बारोमा मैले भनिरहनु पर्दैन । यो देशलाई विभिन्न आधारमा खण्ड विखण्ड पारिदिने हो कि रु भनेर मान्छेले वाच गरिरहेका छन्’, उनले भने ।

नेता नेपालले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीमा आफुहरुको खैरियत नरहेको बताए । उनले ओलीसँग आत्मसर्मपण गर्ने वा टाङ मुनी छिर्ने ? भन्दै कार्यकर्तालाई प्रश्न गरेका छन् ।

‘पार्टीलाई सबै खालका कर्मी कमजोरीलाई सुधार गर्दै उज्यालो बनाउन चाहान्छौं । केपी अ‍ोली अध्यक्ष रहेको पार्टीमा हाम्रो खैरियत छैन् । केपी ओलीसँग आत्मसर्मपण गर्ने वा टाङ मुनी छिर्ने ?’, उनले प्रश्न गरेका छन् ।