१५ चैत्र २०८०, बिहीबार

सुदूरपश्चिममा भीम रावल समानान्तर कमिटी घोषणा गर्दै

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको खनाल(नेपाल समूहका नेता भीम रावलले समानान्तर कमिटी बनाउने भएका छन् ।

सोमबार देखि धनगढीमा सुरु भएको खनाल-नेपाली समूहको प्रदेशस्तरीय विस्तारित बैठकले समानान्तर कमिटी बनाउने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, भीम रावल लगायत चार जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

निलम्बनपछि पहिलो पटक धनगढीमा बसेको प्रदेश कमिटीको बैठक मंगलबार पनि जारी रहनेछ । जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए । 

९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने तायारी समेत भएको छ । नेता रावलले बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समूहले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने जानकारी गराएका थिए ।

बैठकमा सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १६ जना प्रदेश सभा सदस्यहरू उपस्थित रहेका थिए । माधव समूहका तारा लामा तामाङ बाहेक सबै सांसदहरू उपस्थित रहेको प्रदेश कमिटी सदस्य दिनेश चन्द्र सुबेदीले जानकारी दिए ।

तामाङले जिल्ला बाहिर रहेकोले नआएको र आउन नसकेको विषयमा जानकारी गराएको समेत उनले बताए ।

बैठकमा एमालेका सांसद लीलाधर भट्ट, रतन थापा, नेपालु चौधरी, गेल्बुसिंह बोहरा,माया तामाङ बोहरा र पठानसिंह बोहरा उपस्थित थिएनन् ।

बैठकमा नेपाल समूहका नेता रावल सहित, नेपाल समूहका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।