१३ बैशाख २०८१, बिहीबार

ह्वात्तै बढ्यो कोरोना संक्रमण्, चारको मृत्यु, काठमाडौं छिर्न परिक्षण अनिवार्य

corona 1

देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने चारको मृत्यु भने पुष्टि भएको छ । थप दुईको मृत्यु पुष्टि हुन बाँकी छ । थपिएका संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जना र कास्कीमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ६४ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा रहेका छन् ।

हालसम्म नेपालमा २२ लाख ८२ हजार ८२४ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ।

सोमबार काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका छिर्ने नाकामा हेल्थ डेस्क स्थापना गर्ने र एन्टिजेन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ‘काठमाडौं जिल्लाको हकमा खासगरी कोभिडको संक्रमणदर बढ्न नदिनको निम्ति हामीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने भनेर निर्णय गरेका छौं र हरेक नगरपालिकाले एन्टीजेन टेष्ट गर्ने, त्यसपछी नाकाका नगरपालिकाहरुले हेल्थ डेस्क स्थापना गर्ने, सम्पर्क व्यक्तिहरु पनि तोक्ने र संक्रमण भएको व्यक्तिहरुलाई पीसीआर टेष्ट गर्ने, कन्टयाक्ट ट्रेसिङ गर्ने भन्ने निर्णयहरु भएको छ ।’

यस्तै समितिले सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ–आफ्नो नगरपालिका भित्र एक–एक वटा आइशोलेसन तथा क्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको छ ।

यस्तै एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ।

antigen ktm p release