१६ चैत्र २०८०, शुक्रबार

थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

corona virus graph

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

सोमबार थप २६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो समय १०२ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७३ हजार ३४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १८ सय ३२ जना आइशालेशनमा र ६४ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ८९ हजार ८२४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।