७ बैशाख २०८१, शुक्रबार

सुनको भाउ घट्यो

gold

सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार घटेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला चाँदी १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।