१६ चैत्र २०८०, शुक्रबार

विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने : मुख्यमन्त्री भट्ट

tril2021 04 04 08 01 11

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताएका हुन।

‘पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर विकास निर्माण गर्दा हुने विनाशलाई पनि ध्यान दिन आवश्यक छ’, मुख्यमन्त्री भट्टले भने–‘प्रदेश सरकार यो कुरामा सजग छ र यसका लागि नीति बनाएर अगाडि बढ्ने छ ।’

उनले सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन प्रदेश सरकार प्रयत्नशील रहेको बताए । सो कार्यक्रममा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य चुनकुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।