१३ बैशाख २०८१, बिहीबार

कुखुराकाे मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही थाल्याे

poultry exchange

सरकारले कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया थालेको छ ।

व्यवसायीले भाउ बढाउनुको कारणसहितको प्रमाणका लागि कागजात जुटाउने काम भइरहेको वाणिज्य आपूर्ती तथा उपभोक्ताहित संरक्षण विभागले जनाएको छ ।

विभागकका महानिर्देशक नेत्रप्रसाद सुवेदीले प्रमाण जुटाउन एकहप्ता लाग्ने जानकारी दिनुभयो । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही हुने सुवेदीले बताउनुभयो ।

यस्तै सरकारले सोधेको स्पष्टिकरणमा व्यवसायीले हिजो किलोमा १५ रुपैयाँ घटाउने बताए पनि बजारमा भने भाउ भने घटेको छैन । डेढ महिना अघिसम्म २ सय ५० रुपैयाँ किलो रहेको कुखुराको मासु अहिले ४ सय २० रुपैयाँ पुगेको छ ।