१६ चैत्र २०८०, शुक्रबार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुग्यो, २८ हजार बढी संक्रमित

3D medical animation corona virus

चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भएको हो ।

अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब २८ हजार २ सय ६२ पुगेको अधिकारीहरुले जनाएको छ । ती मध्ये चीनमा मात्र २८ हजार १८ जना छन् । भाइरसका कारण चीनमा मात्र नभइ विश्वमा नै त्रास फैलिएको छ ।

चिनीयाँ सरकारले नयाँ अस्पताल निर्माण गर्न हतार गरेको र अन्य देशका नागरिक स्वदेश फकार्उने तयारी गर्दैछन् । चीनियाँ सरकारले सबै यात्राविरुद्ध चेतावनी दिएका थिए । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार २४ घण्टादेखि मध्य रातको अवधिमा ७३ मानिसको मृत्यु भएको हो । कोरोनाबाट एक दिनमै मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै बढी भएको पुष्टि भएको छ । 

वुहान र त्यस वरपरको प्रान्तमा भाइरसका कारण मृत्यु हुनेको संख्या बढेको छ । यस बाहेक उत्तर पूर्वीको तियानजिन  तथा हेलोङजियाङ  र दक्षिण पश्चिमको गुइझौमा अन्य तीन जनाको मृत्यु भएको हो । 

चीन बाहेक अन्य देशमा हालसम्म दुईको मृत्यु भएको छ । ती मध्ये एक फिलिपिन्स र अर्को हङकङका नागरिक हुन् । एजेन्सी