१६ चैत्र २०८०, शुक्रबार

बागलुङ कालिका मन्दिर परिसरमा आगलागीः मन्दिर जोखिममा

168153553 247444280408276 1380655704498697387 n scaled e1617452436202

प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ । शनिबार दिउँसो काठेखोला छेउमा रहेको फोहोर व्यवस्थापन स्थलदेखि शुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समूहले आगो नियन्त्रणमा लिइसकेको छ । मन्दिर तलको भिरमा भएको आगो तत्काल नियन्त्रण हुन नसक्दा जंगलमा ठूलो क्षति भएको बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए ।

आगलागीका कारण मन्दिरको पश्चिम पट्टिरहेको आधा जंगल नष्ट भएको छ । जंगलमा कुहिएका काठ, रुखका पातहरु र झार जंगल बढी भएकाले नियन्त्रणमा कठिनाई भएको थियो । सो जंगलमा हरेक वर्ष आगलागी हुने गरेको छ ।