८ बैशाख २०८१, शनिबार

२७२७ जनाको पीसीआर परीक्षणमा १२८ संक्रमित थपिए, एकको मृत्यु

corona hospital

पछिल्लो २४ घण्टामा नेपालमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

२७२७ जनाको पीसीआर परीक्षण भएकोमा थप १२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ।

त्यस्तै १६१ जना कोरोना संक्रमण मुक्त भएका छन्।

कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ७३ हजार १२३ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१३ पुगेको छ। साथसाथै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ।