७ बैशाख २०८१, शुक्रबार

दिबसको सेल्फीले पायो पुरस्कार

selfi king

माघको २४ गते सुक्रबारबाट फिल्म सेल्फी किङ प्रदर्शनमा आउदैछ ।

फिल्ममा अभिनेता बिपिन कार्कि र अभिनेत्री लक्ष्मि बर्देवाको मुख्य अभिनय रहेको छ । बिशाल सापकोटाको निर्देशनमा लेखन तथा निर्देशनमा बनेको फिल्म एक हास्यकलाकारको ३ दिने यात्राको कथामा बनेको छ ।

फिल्मको निर्माण टिमले गत माघ ५ गतेबाट सेल्फी किङ्ग प्रतियोगिता सुरु गरेको थियो । ह्युमर र कमेडी हाउभाउमा सेल्फमिा आफ्नो तस्बिर खिचेर पठाउनुपर्ने निर्माण पक्षले दर्शकशरुलाइ आग्रह गरेका थिए । जसमा धेरै जनाले सेल्फी खिचेर सहभागिता जनाएका थिए ।

जसमध्ये दिबश पोखरेलको सेल्फीले पुरस्कार जितेको छ । जसको छनोट फिल्मका निर्देशक बिशाल र निर्माता दिनेश राउतले गरेका हुन अब दिबसले अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय कोर्स लिन पाउनेछन । अन्य १० जना सहभागिहरुले फिल्मको प्रिमियरमा पास पाउने छन ।

इटहरी निवासी दिवसले फिल्म सेल्फी किङ्गले गर्दा अभिनय सिक्ने मौका पाएकोमा खुशि ब्यक्त गरेका थिए । फिल्मलाइ सुवास थापा र दिनेश राउत मिलेर निर्माण गरेका हुन ।