१२ बैशाख २०८१, बुधबार

घनश्याम र सुरेन्द्र निलम्बनप्रति योगेशको प्रतिक्रिया – भद्धा मजाक

yogesh bhattarai
फाइल फोटो

कपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने निर्णय भद्दा मजाक भएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीले बिहीबार भुसाल र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेका थिए ।

यसबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भट्टराईले लेखेका छन्, ‘ऋृषिमुनी र वुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकालस् विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् ।’ उनले अघि लेखेका छन्, ‘कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ ।’