१७ श्रावण २०७८, आईतवार

जानकीदेवि राम नेकपा एमालेको सांसद

Election Commission Nepal

सिराहकी जानकीदेवी राम नेकपा एमालेकी समानुपातिक सांसद् बनेकी छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले जानकीदेवीलाई सांसद्मा निर्वाचित गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सानु सिवाको निधन भएपछि रिक्त स्थानमा जानकीदेवीलाई सांसद बनाउन सिफारिस गरेको थिए । अब आयोगले सो निर्णयबारे संसद सचिवालयलाई जानकारी गराउनेछ ।