११ बैशाख २०८१, मंगलवार

प्रचण्डलाई ओलीको प्रश्न- अदालत मजाक गर्ने ठाउँ हो र ?

kp sharma oli pm
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अदालत मजाक गर्ने ठाउँ हो र ? भन्दै प्रश्न गरेका छन् । प्रचण्डले आज सर्वोच्च अदालतमा एमाले र माओवादी केन्द्रलाई ब्युँताइएको फैसलाविरुद्ध पुनरवलोकनको निवेदन दिएका थिए ।

एक कार्यक्रममा बोल्दै उनले प्रश्न गरे, “अदालत मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज गरिदियो पार्टी आफ्ना आफ्ना भइसके । डबलीमा बस्ने मान्छेसँग एकता ?”

उनले तत्कालीन नेकपाको एकता बाँकी थियो र रु भन्दै प्रश्न पनि गरे । “एकता चाहिएको थियो । अदालतले भंग गरिदियो । एकता कहीँ बाँकी थियो ? जहाँ दलको नेता निकालेको छ । दलको नेतालाई साधारण सदस्यबाट पनि निकालिसकेको छ । त्यहाँ एकता थियो भनेर धाक दिने ?,” उनले सोधे ।

निर्वाचन आयोगले १५ दिनको म्याद दिएको विषयमा आफूले कुरा गर्न फोन गर्दा प्रचण्डले कुरा गर्न नचाहेको भन्दै असन्तुष्टि पनि प्रकट गरे ।