१२ बैशाख २०८१, बुधबार

बझाङमा आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

Rape 2

आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राऊ पर्नेमा जय पृथ्वी नगरपालिका ६ नौरामा रहेको भवानी मा.वि.मा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत्र १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालीकालाई जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले जनाएका छन् । पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह कार्कीले बताए ।