१३ बैशाख २०८१, बिहीबार

पाठ्यक्रममा समावेश भयो ‘मुन्नी बदनाम हुइ’

Munni Badnaam Hui

बलिउडको चर्चित गीत ‘मुन्नी बद्नाम हुइ’को बोलको गीत कितावको पाठ्यक्रममा राखिएको छ । शुक्रबारबाट इंग्ल्याण्डमा सुरु गरिएको नयाँ संगीतको पाठ्यक्रममा भारतीय शास्त्रीय संगीत, बलिउडका हिट र भाँगडा बिट समेटिएको हो । समाचारका अनुसार त्यहाँको शिक्षा विभागले इंग्ल्याण्डका सबै विद्यालयका पाठ्यक्रममा यो योजना लागु गरिएको हो ।

अमर उजालामा प्रकाशित समाचारअनुसार पाठ्यक्रममा बलिउडका हिट गीत किशोरी अमोनकरको ‘सहेली रे’, अनुष्का शंकरको ‘इण्डियन समर’, ए आर रहमानको ‘जय हो’ र बलिउड बक्सअफिस हिट गीत ‘मुन्नी बदनाम हुई’ रहेका छन् । यो गीत बलिउड फिल्म ‘दबंग’मा समेटिएको छ ।