१३ बैशाख २०८१, बिहीबार

आइतबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

corona virus graph

नेपालमा आइतबार थप ८९ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ८९ जनामा कोरोना पुष्टि भएको र नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ८३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९५ जना संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख ७२ हजार ५३० जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म तीन हजार २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा १२ सय ८२ जना आइशालेशन र ५७ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ६१ हजार १४६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।