६ चैत्र २०८०, मंगलवार

शुक्रबार थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

corona virus graph

नेपालमा शुक्रबार थप १५६ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ । त्यस्तै नेपालमा थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म तीन हजार २४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७० जना निको हुँदा हालसम्म २ लाख ७२ हजार ३४२ जना निको भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १२ सय ९९ जना आइशोलेशनमा र ५२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ५६ हजार तीन सय पिसिआर गरिएको छ ।