७ बैशाख २०८१, शुक्रबार

एमालेभित्रै बसेर पार्टीलाई बलियो बनाएर संघर्ष गर्ने नेपाल समूहको निर्णय

Madhav Nepal
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य र सांसदहरुको बैठकपछि नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धतीमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्ने निर्णय गरेको रघुजी पन्तले बताए ।