६ बैशाख २०८१, बिहीबार

भोजपुरमा वनमा लागेको डढेलो गाउँमा पसेपछि चार घर जलेर नष्ट (थप तस्बिर सहित)

bhojpur scaled

सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन्।

बिहीवार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीबाट हतुवागढी गाउँपालिका-८ का अर्जुन राई, कञ्चन राई, शान्तकुमारी राई कालीबहादुर राईको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रहरीले जनाएको छ ।

आगलागीबाट भएकाे क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।

bhojpur 5 fDnk4UcyVR
bhojpur 4 vNRAoQFcDM
bhojpur 1 q26dQVBlaA
bhojpur 4 pVZ1lNCRAW