१४ बैशाख २०८१, शुक्रबार

बिग मार्टमा पाँच तोला सुन जित्ने अवसर

bigmart offer

बिग मार्टले आफ्नो ५०औं स्टोर सुरु गरेको अवसरमा ‘बिग मेला’ नामको ग्राहक योजना सार्वजनिक गरेको छ । माघ १८ गतेबाट सुरु भएको ‘बिग मेला’ योजना अवधिमा बिग मार्टको जुनसुकै स्टोरबाट सामान खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले पाँच तोला सुन जित्ने अवसर पाउनुहुनेछ ।

‘बिग मेला’को अवधिभर बिग मार्टका पाँच जना ग्राहकले हरेक दिन १० हजार रुपैयाँ बराबरको फ्रि सपिङ भौचर जित्न सक्नुहुनेछ । साथै, यसै अवसरमा बिग मार्टले फेसबुक फोटो कन्टेस्ट पनि सुरु गरेको छ जसमा एक जना भाग्यशाली ग्राहकले आईफोन ११ प्रो जित्न सक्नुहुनेछ ।

यो कन्टेस्टमा भाग लिन ग्राहकले बिग मार्टका स्टोर बाहिर राखिएका फोटोबुथमा फोटो खिची बिग मार्टको फेसबुक पेजमा मेजेस गर्नुपर्नेछ र बिग मार्टले आफ्नो फेसबुक पेजमा सो फोटो अपलोड गरेपछि सम्बन्धित ग्राहकले ‘आई शप एट बिगमार्ट’ क्याम्पस राखी आफ्नो फेसबुकमा सेयर गर्नुपर्नेछ ।

सबै भाग्यशाली विजेताहरुको घोषणा लक्की ड्रमार्फत हुनेछ । यो योजना माघ १८ गतेदेखि आगामी फागुन ३ गतेसम्म संचालन हुनेछ ।

    सम्बन्धित समाचार...