७ बैशाख २०८१, शुक्रबार

करणले लिए नेपालका लागि दोस्रो विकेट

karan

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा केही बरमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि करण केसीले दोस्रो विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सातौं ओभर बलिङ गर्न आएका उनले खवार अलीलाई क्याच आउट गराएका थिए । अली ५ रन बनाएर आउट भए ।

यसअघि खेलको पहिलो ओभरमा बलिङ गर्न आएका उनले जितेन्द्र सिंहलाई ५ रनमा आउट गराएका थिए ।

७ ओभर खेलेको ओमानले १९ रन बनाउँदै दुई विकेट गुमाइ सकेको छ । आजको खेलमा नेपाली टोलीका खेलाडी अविनास बोहोरा र सुशन भारीले डेब्यू गरेका छन् ।