१६ चैत्र २०८०, शुक्रबार

नेपालमै बनेको बजाजको डोमिनार विक्री सुरू, भारत र नेपालमा मुल्य यति फरक

Bajaj Dominar 400

नेपालमै एसेम्बल भएको बजाजको ‘डोमिनार ४००’को विक्री सुरू भएको छ। यो ‘डोमिनार ४००’ हाल टेकुस्थित शोरूममा उपलब्ध छ।

यो मोटरसाइकल भारतमा बनेको भन्दा सस्तो भएको बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए।

केही समयपछि यो मोटरसाइकल अरु शोरूममा पनि उपलब्ध हुने उनले बताए।

गत वर्षको बजेटले मोटरसाइकलमा सिसि अनुसार कर लगाएपछि यसको मूल्य ५ लाख ८९ हजार ९ सय पुगेको थियो। नेपालमै एसेम्बल भएपछि यसको मूल्य ५ लाख २९ हजार ९ सयमा झरेको छ।

भरतमा निर्मित र नेपालमा निर्मित डोमिनारमा खासै भिन्नता नभएको कम्पनीका एक कर्मचारीले जानकारी दिए।

‘यसमा भाइब्रेसन घटाइएको छ र एग्जस्ट २ ओटा राखिएको छ अरु भिन्नता छैन,’ उनले भने।

३७३.३ सिसीको डोमिनार ८६५० आरपिएममा ४०पिएस पावर र ७००० आरपिएममा ३५ एनएम टर्क जेनेरेट गर्छ।

यसको इन्धन क्षमता १३ लिटर छ भने २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। यसमा डुअल च्यानल एबिएस, एलइडी टेल लाइट, स्पिडोमिटर लगायतका फिचर्स छन्।

    सम्बन्धित समाचार...