१६ चैत्र २०८०, शुक्रबार

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव, यी स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित वर्षाको सम्भावना

93863586 608758429710510 5722530574543880192 n

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

दिउँसोः सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि भू-भागमा पनि आंशिक बदलि रहेने छ । गण्डकि प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन मौसम पूर्वानुमान महासाखाले अनुरोध गरेको छ ।