६ बैशाख २०८१, बिहीबार

सर्लाहीमा १५ किलो गाँजासहित तीनजना पक्राउ

Gaja auto sarlahi 750x375 1

सर्लाहीको लालबन्दी नगरपालिकास्थित अटोबाट १५ किलो लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज१ह ४६०९ नं.को अटोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन्ऽकुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाखि्रङ छन् । अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको छ । अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।