१३ बैशाख २०८१, बिहीबार

फिल्म ‘ए’ को प्रर्दशन मिति घोषणा

19742cdf 856e 4485 a331 101255e6c037

फिल्म ‘ए’ को प्रर्दशन मिति घोषणा भएको छ ।

विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् थ्रिलर फिल्म ‘ए’ आगामी २०७८ सालको तिहारमा हुने भएको हो ।
तिहारमा फिल्मलाई प्रदर्शन ल्याउने भएता पनि मिति भने केही समय पछि सार्वजनिक गर्ने वितरक करण श्रेष्ठले बताए ।

यस फिल्मको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत, दुर्गेश थापा र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सुरज बज्राचार्य, बिकेश प्रजापति, सुरज विष्ट, गित बिष्ट र विपिन कार्की लगाएत रहेकाछन् भने बाल कलाकारमा जसिका घिमिरे, अग्रता राई, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा रहेका छन् ।

यो फिल्मको कथा राकेश रनपालको रहेको छ भने पटकथा तथा सम्बाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ ।
फिल्मत्रको छायाँकंन मोहन कुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादनमा अनिल कुमार महर्जनको रहने छ । फिल्ममा द्वोन्द्व राजु किराँतको रहेको छ भने संगितमा सुरेश गैरे रहेका छन् ।

यस फिल्मको निर्देशन भने भोमन कटुवालले कटुवालले गर्दैछन् फिल्ममा प्रलाद काफ्लेको लगानी रहेको छ ।

फिल्मको नेपालभरको वितरण जिम्मा भने ‘जिजिए ग्रुप’ले लिएको छ ।