१३ बैशाख २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण

corona virus graph

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा देशभर ३ हजार १८१ जनाको स्वाब परीक्षण गरिएकोमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १०६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ९२१ जना पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अघिल्लो दिनको विवरणअनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ जना पुगेको छ ।