११ बैशाख २०८१, मंगलवार

आजबाट होली शुरु, वसन्तपुरमा चीर ठड्याइको

holi 17

काठमाडौंको हनुमान ढोकाको वसन्तपुरमा लिंगो सहित रंगी विरंगी चीर ठड्याइए सँगै यो वर्षको होली पर्व शुरु भएको छ।

आज बिहान ८:२६ बजेको शुभ मुहुर्तमा वसन्तपुरमा चीर ठड्याइएको हो। चीर ठड्याइएपछी विधिवता रुपमा होलीको शुरुवात भएको मानिन्छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजा पतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व शुरु भएको मानिन्छ ।

त्यसैगरी चीर ठड्याइएको ८ दिनपछि अर्थात् फागुनशुक्ल पूर्णिमाको दिन हर्षबढाइँ गरेर राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।

यस वर्षको होली राजधानी लगायत पहाडी जिल्लाहरूमा चैत १५ र तराई-मधेशका जिल्लाहरूमा चैत १६ मा परेको छ ।