६ बैशाख २०८१, बिहीबार

धनुषामा ‘गरुडा’ रकेट प्रक्षेपण असफल भएपनि वैज्ञानिक उत्साहित

Bhiman 750x375 1

नेपाली विद्यार्थीहरुले बनाएको ‘गरुडा’ रकेट धनुषा जिल्लाको भिमानमा शनिवार गरिएको प्रक्षेपण सफल हुन नसकेपनि युवा वैज्ञानिकहरु भने उत्साहित देखिएका छन् ।

करिब डेढसय मिटर अपलिफ्ट भएर रकेट तल झरेको थियो । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पेसपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउनका लागि गरुडा तयार पारिएको हो । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ । लन्च प्याड, हावाको बहाव र मोटरमा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए । ‘लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो, उनले भने, ‘ मोटरमा फ्युलवर्न पनि राम्रोसँग हुन पाएन, जसकारण रकेटले स्वभाविक गतिलिन सकेन् ।रकेट प्रक्षेपणको क्रममा भएका त्रुटीहरु जानकारीमा आएको जनाउँदै वैज्ञानिक तमांगले भने, इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको थियो । १० मिटर उचाइको गरुडामा ’पोटासियम नाइट्रेट र सुगर’ इन्धनको रुपमा प्रयोग गरिएको थियो । रकेटमा सोलिड प्रोपलेन्टफ्युल प्रयोग गरिएको थियो । एक महिनापछि दोस्रो परीक्षण गरिने तयारी सुरु भएको उनले बताए । प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए ।

‘सेनापति थापाले गरुडा प्रोजेक्ट आंशिक रुपमा सफल भएको र यसलाई नराम्रो नसोच्न आग्रह गरे । अभियानमा लागेकाहरुलाई हौसला प्रदान गर्नुपर्नेमा जोडदिदै उनले भने, असफलतापछि सफलता निश्चित छ । राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन् ।‘रकेट लञ्च गर्न हामी अझै सहयोग जुटाउनेछौ’ उनले भने, युवाहरुले गरेकामिहिनेत अत्यन्त प्रशंसनीय छ । यसैबीच, नियर एरो स्पेस नेपालले तयार गरेको आरम्भ–१ रकेटको पनि प्रक्षेपण असफल भएको छ । नेपाल स्पेस ड्रिम परियोजना अन्तर्गत निर्माण गरिएको ५.५, ५.६ र ५.७ फिट उचाइ भएको ३ वटा एम्याचुअर रकेट प्रक्षेपण पनि असफल भएको हो । रकेटहरुको मोटर टेस्ट सफल भएपनि लिफ्ट अफ नभएर खसेको निर्माणकर्ता शिशिर जिसीले बताए । भिमान मै परीक्षण गरिएको पाकुरा संस्थाले निर्माण गरेको ६० किलोमिटरसम्म उड्न सक्ने भनिएको ’गौथली’ नाम गरेको औषधि बोक्ने ड्रोनको परीक्षण उडान पनि असफल भएको छ । उक्त ड्रोन एक किलोमिटर माथिपुगेर खसेको जिसीले बताए । प्रक्षेपणमा सहभागी हुनका लागि नेपाल सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति रुकमाङ्गद कट् वाल,राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुन लगायत भिमानस्थित नेपाली सेनाको ब्यारेक नजिकैको प्रक्षेपणस्थल पुगेका थिए । युवा नेपाली वैज्ञानिकहरुले थालेको कार्य चुनौतीपूर्ण रहेपनि उनीहरुमा देखिएको हौसलाले चाँडै नै अर्को प्रक्षेपण सफल भएको खबर सुन्न सकिने संभावना छ ।युवाहरुले अर्को महिना अझ मिहिनेत गरेर पहिलोमा देखिएका त्रुटीहरुलाई सच्चयाउँदै सफल प्रक्षेपण गर्ने बताए ।

सम्प्रेक्षण गरिएको गरुडा रकेट सफल हुनेमा सबै विश्वस्त देखिएका थिए ।‘सफल हुनेमा हामी पुर्ण विश्वस्त थियौ’ तमांगले भने, तर केहि कुरा मिलेको रहेनछ, त्यसलाई सुधार गरेर प्रक्षेपण गर्नेछौ । महाविर पुनले युवाहरुलाई उत्साहित गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेखगर्दै निरन्तर प्रयास जारी राखेर सफलता पाउने बताए । उनले नेपाली सेनाबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिए ।अगामी दिनमापनि नेपाली सेनासित सहकार्यगरि अगाडी बढने पुनले बताए

    सम्बन्धित समाचार...