१६ चैत्र २०८०, शुक्रबार

गौर घटनाको पुग्यो १४ वर्ष

image 1 720x375 1

रौतहट जिल्लाको सदरमुकाम गौर स्थित राईस मिलको मैदानमा भएको तत्कालीन नेकपा माओवादी र मधेशी जनाधिकार फोरम नेपालको कार्यकर्ता विचको झड़पको १४ वर्ष भएको छ ।

मधेश र मधेशी जनताको हक अधिकारको लागि चलेको २०६२÷०६३ को मधेश आन्दोलनको क्रममा मधेशी जनाधिकार फोरम नेपाल जिल्ला कार्य समिति रौतहटले पूर्व घोषित कार्यक्रम अनुसार राखिएको बृहद आम भेलालाइ असफल बनाउने उद्देश्यले नेकपा माओवादीका जिल्ला स्तरीय नेता कार्यकर्ताहरुले सोही ठाउमा उत्तर तर्फ गौर नगरपालिका कार्यालय नजिक बलपूर्वक स्टेज गाडिएको विषयमा भएको झड़पमा नेकपा माओवादीका २७ जना एरिया कमाण्डर सहितको हत्या भएको थियो । पूर्व राजा वीरेन्द्र वीर विक्रम शाह देवको परिवारको हत्या पश्चात् सत्ता सम्हालेका पूर्व राजा ज्ञानेंद्र शाहलाइ सत्ता च्युत गर्न चलेको लामो समयको आन्दोलन पछि जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ मा मधेशी , मुस्लिम ,थारू , आदिवासी ,जनजाति ,पिछडिएका वर्ग समुदायको हकÞ अधिकार समावेश नगरिएको भन्दै तत्कालीन माओवादी पार्टी छाडेर बाहिर आएका उपेन्द्र यादवले घोषणा गरेको मधेश आन्दोलन उत्कर्षमा रहेको बेला मधेशी जनतालाइ सम्वोधन गर्ने उद्देश्यले रौतहटमा कार्यक्रम तय गरिएको थियो । २०६३ साल चैत्र ७ गतेका दिन आम सभा आयोजना गर्न स्थानीय प्रशासन सित १५ दिन अगावै अनुमति लिएका फोरम नेपाल का कार्यकर्ताहरुले व्यापक रुपमा प्रचार प्रसार गरेका थिए । प्रचारको क्रममा तत्कालीन जिल्ला अध्यक्ष्य अमर यादवलाइ चन्द्रनिगाहपुरमा कुटपिट गरिएको थियो ! माओवादी कार्यकर्ताहरुले नेपालगंजमा मधेशी थारू माथि गरेको आक्रमणले मधेशी जनताहरु माओवादी कार्यकर्ता माथि पहिला देखि नै आक्रोशित भएको थियो । चैत्र ७ गतेको घटना हुनु केहि दिन अगावै गौर नगरपालिकाको कार्यालय देखि दक्षिण तथा रामजानकी धर्मशालामा व्यारेक बनाएर बसेका माओवादीका जनमुक्ति सेना तथा वाईसीएल कार्यकर्ताहरुले गौरका पूर्व मेयर गौरी शंकर यादव , बाबूलाल साह , अजय कुमार गुप्ता तथा व्यवसायी शम्भू साहलाइ निर्ममता पूर्वक कुटपिट गर्नुको साथै गौर बाजारमा प्रदर्शन गर्न आउने मधेशी जनाधिकार फोरम नेपालका कार्यकर्ता माथि आक्रमण गर्ने गरेका थिए । माओवादीका भातृ संगठन मधेशी मुक्ति मोर्चाका नेतृत्व गर्दै आएका रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहको हठको कारण गौर राईस मिलमा ऐतिहासिक नरसंघारको घटना घटेको थियो ।

फोरम कार्यकर्ताहरुलाई बन्दुकको भरमा दमन गर्ने सोचले स्थानीय प्रसाशनले कार्यक्रम आयोजना गर्न रपक लगाउँदा पनि बलपूर्वक स्टेज लगाउन आदेश दिने माओवादी नेता प्रभु साह नै थियो । दिउँसो १२ बजे सम्वोधन गर्न कार्यक्रम तय भएकोमा फोरम समर्थक कार्यकर्ताहरु गौर बाजारमा रैली आयोजना गरेको सो रैलीमा सहभागी हुन आउदै गरेका औरैयाका स्थानीयहरुलाई बाटोमाँ रोक्ने प्रयास माओवादी कार्यकर्ताहरुले गरेका थिए । रामजानकी धर्मशालामा भएका माओवादी कार्यकर्ताहरुले मधेशी जनाधिकार फोरम नेपालको स्टेजमा आक्रमण गरे पछि फोरम कार्यकर्ताहरुले माओवादीका मंचमा आक्रमण गर्दा भएको झड़पमा माओवादी कार्यकर्ताहरुलाई फोरम कार्यकर्ताहरुलाई फट्टा प्रहार गरेको थियो । हाथ हथियार सहित आएका माओवादी वाईसीएल कार्यकर्ताहरुले निहथ्था फोरम कार्यकर्ताहरु माथि प्रहार गर्न खोज्दा गरिएको प्रतिकारमा उक्त माओवादी कार्यकर्ताहरुको हत्या भएको थियो । गौर राइस मिलको घटना पछि माओवादीमा पतनको बाटो खुलेको थियो भने फट्टाले २७ जना मारिएको घटना अंतराष्ट्रीय स्तर मै प्रसिद्द भएको थियो । घटना पछि करीव २ हप्ता सम्म गौर लगायत आसपासका गाउँका स्थानीयहरु माओवादीबाट त्रसित भएको थियो । घटना पछि ११ र १३ गतेमा आएका अध्य टोलीले गौर घटनालाइ नर संघारको संज्ञा दिएको र आफ्नो पार्टीका नेतालाइ जोगाउदै प्रसाशन र फोरम नेताहरुलाई दोषी देखाउँदै प्रतिवेदन सार्वजानिक गरेका थिए । दिइएको प्रतिवेदनमा भारतबाट तालीम प्राप्त भारतीय गुण्डा बोलाइएको जिकिर गरिएको छ । राजेन्द्र महर्जन , चन्द्र खाकी , केपी ढुङ्गाना ,दीपक खनाल , सागर श्रेष्ठ , प्रवीण देवकोटा कालिका एफएम , प्रकाश ज्ञवाली , रूपा महर्जन , सुरेशचन्द्र अधिकारी , ओम शर्मा , चेतन कुंवर , खिल बहादुर भंडारी , निर्मला ज्ञवाली , दिनेश श्रेष्ठ र रूपक महर्जन लगायतका टोलीले अध्यन्न गरेको प्रतिवेदनमा घटना हुदा प्रहरी प्रसाशन मौन र रमिते भई बसेको र घाइते माओवादी कार्यकर्त्ताहरुले गुहार मग्दा प्रहरीले सहयोग नगरेको आरोप लगाएका छन ।

तत्कालीन प्रहरी उपरीक्षक रामकुमार खनाललाइ सुरक्षा प्रदान नगरेको भनी सार्वजानिक गरिएको प्रतिवेदनमा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको मंच वरिपरि ५ जना, सिरसियामाँ रहेका बौधिमाईको मंदिर नजिक ११ जना रौतहट गेस्ट हाउस नजिक लुकेर बसेका एक जना , लक्ष्मीपुरमा १ जना , मुड़वालवा मोड़ नजिक १ जनालाइ फोरमका कार्यकर्त्ताहरुले बलात्कार गरी हत्या गरेको दावी गरेका छन ! राजनितिक प्रतिशोध लिने भावनाले सत्ताधारी दल माओवादीका नेताले सुनियोजित रुपमा घटाएका गौर घटनाको आरोपित बनाइएका व्यक्ति नेता माथि कार्यवाही गर्नु पर्ने अहिले जोर लगाई रहेका छन । जनयुद्धको नाउमा १७ हजार नेपाली नागरिकको हत्या गर्ने नेकपा माओवादीको नेता माथि किन कÞानूनी कार्यवाही भएन भनी आम नेपाली नागरिकले प्रश्न गरी रहेको छ ।

    सम्बन्धित समाचार...