१२ बैशाख २०८१, बुधबार

जनकपुरमा सिटीइभिटी परीक्षाको प्रश्नपत्र आउट आरोपमा पाँच जना पक्राउ

Ctevt janakpur

धनुषाको जनकपुरमा परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा शुक्रवार पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु फोटोकपी पसलका सञ्चाल हुन् ।

उनीहरुमाथि सिटीइभिटी परीक्षा सञ्चालन भइरहेको बेला प्रश्नपत्र आउट गरेको आरोप छ । जनकपुरधाम उपमहानगरपालिका–४ भैरब र मुरली चौकबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । यद्यपी, उनीहरुको नाम भने खुलाइएको छैन् ।

प्रश्नपत्र आउट भएको प्राप्त सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए । सो बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।