१६ चैत्र २०८०, शुक्रबार

युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ

urenium 1 1024x538 1

प्रहरीका अनुशर पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण खड्का र बाजुरा छेडदह गाउँपालिका–२ का २९ वर्षीय हिक्मत थापा छन् । उनीहरुको साथबाट युरेनियमजस्तो देखिने पदार्थ ३ ग्राम बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले बताइन् ।

उनका अनुसार युरेनियम नै हो भन्ने पुष्टि भएको छैन । यसअघि २८ फागुनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बौद्धबाट २ केजी ९ सय ग्राम युरेनियमसहित ४ जनालाई पक्राउ गरेको थियो । तर उक्त युरेनियम भएनभएको प्रमाणित भएको छैन्।

युरेनियमजस्तै देखिने पदार्थसहित २ जना भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको हो । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो ।