१३ बैशाख २०८१, बिहीबार

कांग्रेसको नेतृत्वमा नयाँ सरकार : महामन्त्री कोइराला

shashank koirala
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ सरकार निर्माणका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग वार्ता एवं छलफल भइरहेकाले चाँडै निर्णय हुने जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउँदै तीन दलबीच सहज बहुमत पुग्ने हुनाले वर्तमान सरकार हट्ने दाबी गर्नुभयो । महामन्त्री कोइरालाले संसद्को निर्वाचनका लागि तीन वर्ष समय रहे पनि नयाँ बन्ने सरकारले निर्वाचनको नयाँ मिति घोषणा गरी आगामी मङ्सिरमा निर्वाचन गर्ने सम्भावना रहेको छ भन्नुभयो ।