७ बैशाख २०८१, शुक्रबार

परदेशीको कथामा ‘लालुमै’ सार्वजनिक (भिडियोसहित)

Pramila Khanal

ह्वाइट म्युजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक गरिएको छ ।

प्रमीला खनालको अचानक निद्रा खुल्छ। गर्भवती प्रमिलालाई नराम्रो सपनाले झस्काइदिन्छ। रातमा ब्युझिएपछि विदेशमा रहेका श्रीमानसँगका पुराना दिन सम्झिदैँ बस्छिन् उनी। दृश्य हो गीत ‘लालुमै’ को। गीतमा विदेशिने युवाको कथा प्रस्तुत गरिएको छ ।

स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै, ठूला सपना बोकेर विदेसिने युवाहरूको घर परिवार र देश प्रतिको प्रेमको कथा हो ‘लालुमै’ ।

मनोवादको आवाज ,शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन्।

गीतको सङ्गीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् ।

सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमिला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा, विजय बराल, घनश्याम जोशी, मौसम खड्का, राज न्यौपाने, उत्तमराज पाण्डे, शक्ति राई, उमेश तामाङ, रञ्जना ओली र सुरज तमुलगायतको अभिनय रहेको छ ।

नवीनबाबु गुरुङ र सुशील तामाङको संयुक्त छायांकन रहेको भिडियोमा निशान कम्यपको सम्पादन र कलरिङ् छ ।