७ बैशाख २०८१, शुक्रबार

कान्तिपुर यातायातको ठक्करबाट स्कुटर चालकको मृत्यु

accident

बनस्थली र बालाजुबीचमा बा८५ प १४९३ नम्बरको स्कुटरलाई कान्तिपुर यातायातको वा १ ख ६६४५ नम्बरको गाडीले ठक्कर दिदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार धादिङ धारखाकी ४० वर्षीया लिलाकुमारी घले रहेकी छिन् । उनकी छोरी २५ वर्षीया शर्मिला घले गम्भीर घाइते भएकी छिन् । घाइतेको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।