१३ बैशाख २०८१, बिहीबार

बालबालिकाले शिक्षकबाटै टर्चरको सामना गरिरहेका छन् : नगर प्रमुख सरावगी

meyor Sarawagi 1 350x250 1

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मानव निर्माण प्रक्रियामा शिक्षाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

उनले बालबालिकाले सुरक्षित हिसाबले पढ्न नपाए दिर्घकालिन असर पर्ने उनको भनाई छ । विद्यालयमा सुरक्षित सिकाईका लागि नीति निर्माण गर्ने बारे पर्सा जिल्ला स्तरीय सरोकारवालासँग छलफल कार्यक्रममा बोल्दै उनले सामुदायिक विद्यालयका बालबालिका सुरक्षित नरहेको बताए । शिक्षा पत्रकार समाज र आसमान नेपाल संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सरावगीले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश र संघ सरकारले स्थानीय तहसँगै समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । वीरगञ्ज महानगरपालिकाले शिक्षामा विशेष ध्यान दिएको बताउँदै उनले सुरक्षित सिकाई वातावरण बनाउन आवश्यक कदम चाल्ने बताए । ‘जनप्रतिनीधि नभएको समयमा शिक्षामा जुन परिणाम आउनुपर्ने हो, त्यो आउन सकेन । महानगरपालिकामा आउनु अघि सिदार्थ र नर्सिङ स्कुलको व्यवस्थापन समितिमा थिँए । ग्याङ फाईट हुने गरेको थियो, शिक्षक, विद्यार्थी, अभिभावक अनुशासनमा थिएनन् ।’ उनले भने ‘महानगरपालिकामा आएपछि सबै विद्यालयमा सीसीटिभी जडान गरेका छौं, शिक्षक समयमा उपस्थित हुन भनेर ई–हाजिरी, खानेपानी, महिनावारीको समयमा छिट्टै विद्यालयबाट जाने वा ३/४ दिन विद्यालय आउन नसक्ने अवस्था अन्त्यका लागि सेनेटरी प्याड र मेशिन जडान गरेका छौं । पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्युटर ल्याब बनाएका छौं । शौचालय बनाउँदा छोरीहरुलाई ध्यान दिएका छौं ।’

वीरगञ्ज महानगरपालिकाले विशेष शिक्षा आवश्यक डाउन सिन्ड्रम र अटिज्म भएकाबालबालिकालाई सिदार्थमा अध्ययनको व्यवस्था गरेको, बहिरा बालबालिकालाई बहिरा महासंघसँगको सहकार्यमा आवासिय अध्ययापन गराईरहेको, आँखा नदेख्ने बालबालिकालाई त्रिजुद्धमा पढाउने गरेको उनले सुनाए । तर ब्रेललीपी पढाउने शिक्षकको अभाव झेल्नुपरेको उनले सुनाए । पोखररिया नगरपालिकाका उप प्रमुख सलमा खातुनले विद्यालयमा सुरक्षित सिकाईका लागि सरोकारवाला एक हुनुपर्नेमा जोड दिए । ‘ अभिभावकले केहि सिक्छन् भनेर बालबालिकलाई विद्यालय पठाउँछन् । सुरक्षित सिकाई नहुँदा कुण्ठित र आत्मविश्वास कम भएका विद्यार्थी बन्छन् । ’ उनले भनिन् ‘ यस्तो हुन नदिन एक अर्कालाई दोषारोपण गरेर हुँदैन सबै सरोकारवाला एक भएर काम गर्नुपर्छ ।’ कार्याक्रममा पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव,पोखरिया नगरपालिकाका उपमेयर सलमाखातुन ,कालिकामाइ गाउपालिकाका वडा अध्यक्ष एवम शिक्षा समितिका अध्यक्ष पवन तिवारी लगायतका स्थानिय नेताहरुले शिक्षा क्षेत्रमा रहेको बिकृती तथा राजनैतिकरण हटाउन सबैको सहयोगका आवश्यकता रहेको बताएका थिए ।आसमान नेपालमा पर्साका संयोजन मुनीलाल बैठाले कार्यक्रमको उदेश्यबारे जानकारी गराउदै आगामि दिनहरुका शिक्षा क्षेत्रको सुधारको लागी स्थानिय निकायसंग सहकार्य गरेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी पालिका शिक्षा समितिका पदाधिकारी, शिक्षा शाखा अधिकारी, जनप्रतिनीधिहरुले सुरक्षित सिकाईका लागि आफूहरु गम्भिर रहेको बताए ।

सुरक्षित सिकाई कार्यक्रम पर्सा, सर्लाही लमजुङ्ग, सुर्खेत जिल्लाका २७ पालिका र ६९ वटा विद्यालयमा सञ्चालनमा रहेको डाक्टर विरेन्द्र सिंहले जानकारी दिए । विद्यालयमा सुरक्षित सिकाईका लागि विद्यमान समस्याहरु के के छन र त्यसलाई नीति नियममा कसरी समावेश गर्ने भन्ने विषयमा कार्यक्रमा चर्चा गरिएको आसमान नेपालको पर्सा जिल्ला संयोजक मुन्नीलाल बैठाले जानकारी दिए ।