१३ बैशाख २०८१, बिहीबार

ओलीका असंवैधानिक कदम रोक्न संयुक्त आन्दोलन : महर

nayansing mahar
फाइल फोटो

नेपाली कांग्रेसका नेता एवम् नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गैर संवैधानिक र जनभावना विपरितका हर्कत सहितका रोक्नका लागि सबै दल गम्भीर बन्नुपर्ने बेला आएको बताएका छन् ।

नवलपरासी पूर्वको कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै महरले ओलीका पछिल्ला जनविरोधी गतिविधि नरोके व्यवस्थामाथि नै चुनौती थपिन सक्ने भन्दै अग्रगमनकारी शक्तिहरु गम्भीर बन्नु बताए ।

‘जनताको संघर्षबाट केपी राजको अन्त्य गर्न जरुरी छ । होइन भने जनताको ठूलो त्याग र संघर्षबाट प्राप्त प्रजातान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न हुनेवाला छ, नेता महरले सम्बोधनका क्रममा भने, तत्कालिन माओवादी केन्द्रसँगको स्वार्थप्रेरित एकता र तत्कालिन मधेशवादी दलको समर्थन पाएपछि केपी ओलीले सर्वसत्तावादी चरित्र देखउन थाले र यहाँसम्म आइपुग्दा अराजकताको हद पार गरिसकेका छन् ।’

उनले भने, ‘जनताको साथ लिएर संयुक्त संघर्षबाट केपी ओली नेतृत्वको जंगली राजको अन्त्य गर्न जरुरी छ । होइन भने जनताको ठूलो त्याग र संघर्षबाट प्राप्त प्रजातान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न हुनसक्छ ।’

तत्कालीन माओवादी केन्द्रसँगको स्वार्थप्रेरित एकता र तत्कालीन मधेशवादी दलको समर्थन पाएपछि केपी ओलीले सर्वसत्तावादी चरित्र देखाउन थाकेको र हालसम्म आइपुग्दा अराजकताको हद पार गरिसकेको महरको भनाइ छ।

काण्डै काण्डहरुको जगमा संसद समेत विगठन सम्मको महाकाण्ड घटाउन अग्रसर नेकपाको सरकारको विरुद्धमा आन्दोलित हुनु पर्ने बेला आएको। केपी ओलीको नयाँ हिटलरी शैली रोक्नका लागि कांग्रेसले आफ्नो अग्रसरतामा सबै दललाई साथमा लिएर गम्भीर समीक्षा साथ वर्तमान परिवर्तनको खिलापमा हुनथालेका सवै षड्यन्त्र लाई परास्त गर्नु पर्छ । महरको भनाइ थियो ।