१३ बैशाख २०८१, बिहीबार

कैलालीमा २१ लाख बढीको अवैध सामान सहित २ जना पक्राउ

pakrau

कैलालीको भजनीबाट २१ लाख ३६ हजार बढीको अवैध सामान सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ लौवास्ताबाट प्रहरीले २१  लाख ३६ हजार ४ सयको अवैध सामानसहित सोहि ठाउँका ३७ वर्षिय रतिराम चौधरी र प्रदिप तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल आरटीआई समुह र ईलाका प्रहरी कार्यालय भजनीबाट खटि गएको प्रहरी टोलीले अवैध सामानसहित सोहि ठाउँका २ जनालाई पक्राउ गरेको हो ।

कैलाली प्रहरीका अनुसार चौधरीलाई से १ त १५६७ नम्बरको ट्याक्टर र तामाङलाई से ७ प ८१४७ नम्बरको मोटरसाइकलमा अवैध कपडासहित पक्राउ गरिएको हो ।

मोटर साईकल, लुगा कपडा र मानिसहरुलाई आवश्यक कार्वाहीका लागि सत्ती भन्सार कार्यालय टिकापुर पठाईएको छ ।