१४ बैशाख २०८१, शुक्रबार

नेपाल–खनाल समूहद्वारा समानान्तर कमिटी घोषणा, नेता पाण्डेलाई गण्डकीको जिम्मेवारी

Nepal Samuha edited

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि आज बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो । जसअनुसार चितवनका नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको जिम्मेवारी दिएको छ ।

विस्तारित कमिटिअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बाग्मती प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ।

त्यस्तै, युवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।