१३ बैशाख २०८१, बिहीबार

नेपाल पक्षको ओलीविरुद्ध कार्यदिशा बनाउन चैत ४ र ५ गते बृहत् राष्ट्रिय कार्यकर्ता भेला

madhab kumar nepal
फाइल फोटो

नेकपा एमाले माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र निर्णयको विरुद्धमा कार्यदिशा तय गर्न आगामी चैत ४ र ५ गते राजधानीमा बृहत् राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार राजधानीको एक होटलमा सांसदसमेत रहेका केन्द्रीयहरुको भेलाले उक्त निर्णय गरेको हो।

उक्त भेलामा केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिहरुलाई डाकिएको छ। भेलामा करिब तीन हजारको सहभागीता हुने नेता भीम रावलले दावी गरे। शनिबारको भेलामा ओलीले शुक्रबार चालेका कदमलाई अवैधानिक ठहर गर्दै त्यो तत्काल सच्याउनुपर्ने माग पनि गरेको छ।

रावलका अनुसार पार्टीको विधान संशोधन गर्न महाधिवेशन आवश्यक छ। अधिवेशन नै सम्पन्न नगरी ओलीले गरेको निर्णय विधिसम्मत छैन। आजको भेलाले पार्टीका कमिटी र जनवर्गिय संगठनहरुलाई क्रियाशिल बनाउने निर्णय गरेको छ।