१३ बैशाख २०८१, बिहीबार

विज्ञानमा आधारित वजन छिटो घटाउने तीन उपायहरु

weight loss

छिटो तौल घटाउने धेरै तरिकाहरू छन् तर ती मध्ये धेरैले तपाईंलाई भोकै र असन्तुष्ट बनाउँदछ। यदि तपाईंसँग ढृढ इच्छाशक्ति छैन भने, भोकको कारण तपाईं यी योजनाहरू छिटो छाड्नुहुन्छ।

तल उल्लेखित तरिकाले तपाँइले:

१) भोकलाई कम गर्न सक्नु हुन्छ ।
२) भोक बिना तपाईले छिटो तौल घटाउन सक्नुहुन्छ ।
३) एकै समयमा तपाईंको पाचन स्वास्थ्य सुधार गर्न सक्नुहुन्छ ।

साधारण तीन छिटो तौल घटाउने उपाय

१) चिनी र स्टार्च कम गर्नुहोस

sweets starch

सब भन्दा महत्त्वपूर्ण हिस्सा भनेको चिनी र स्टार्च (कार्बोहाइड्रेट) लाई घटाउनु हो। जब तपाईं त्यो गर्नुहुन्छ, तपाईंको भोकको स्तर तल जान्छ र तपाईं कम क्यालोरीहरू खानुहुन्छ।

अब शरिरले ऊर्जाको लागि कार्ब्सको सट्टा, तपाईंको शरीरमा भएको फ्याट लिन थाल्छ।

कार्ब्स घटाउनुको अर्को फाइदा यो हो कि यसले इन्सुलिनको स्तर कम गर्दछ, जसले गर्दा तपाईंको मिर्गौलाले तपाईंको शरीरबाट अत्यधिक सोडियम र पानी बाहिरा पठाउँछ। यसले पेटको फुलाई विस्तारै कम गर्दै जान्छ साथै जिउमा भएको अनावश्यक पानीको वजन कम गर्दछ ।

यसरि खाना खानाले पहिलो हप्तामा पाँच किलो सम्म घट्नु सामान्य हो । घटेका कुरा शरीरको बोसो र पानीको तौल हो ।

कार्ब्स काट्नुहोस् र तपाईं कम क्यालोरीहरू स्वचालित रूपमा र भोक बिना खान शुरू गर्नुहुनेछ । यसरी कार्ब कम गर्नु भएपछी तपाई थोरै क्यालोरी लिँदा पनि खासै भोकको अनुभव गर्नु हुन्न ।

२) प्रोटीन, फ्याट र तरकारीहरू धेरै खानुहोस्

प्रोटिन युक्त खाना धेरै खानु पर्छ भनेर भनि रहनु पर्दैन । प्रोटीन पोषक तत्वहरूको राजा हो।

प्रोटीनको स्रोतहरू:

  • माछा
  • मासु
  • गेडागुडि
  • दाल
  • अण्डा

तपाँईको प्रत्येक खाना सँग प्रोटिन, चिल्लो र थोरै कार्बोहाइड्रेट भएको तरकारीहरु समावेश गर्नुपर्दछ । यसो गर्नाले तपाईंले लिने कार्बोहाइड्रेट विस्तारै घटेर २०–५० ग्राम्स प्रती दिनमा आउँछ ।

धेरै प्रोटिन भएको खानेकुरा खानाले खाने लालसा कम गर्नुको साथै पेट भरिएको आभाष गराउँछ ।

protein

थोरै कार्ब भएका केहि तरकारीहरू:

  • ब्रोकली
  • काउलि
  • पालुङ्गो को साग्
  • गोलभेडा
  • टुसा उम्रीएका गेडा-गुडि
  • बन्दा कोबि
  • सलाद
  • काँक्रो
vegetables

राम्रो फ्याटका स्रोतहरू:

  • जैतुनको तेल (अलिव)
  • नरिवलको तेल
  • एवोकाडो तेल
  • बटर

चिल्लो खान नडराउनुहोस्, किनकि कम कार्बोहाइड्रेट र कम फ्याट एकै समयमा थोरै खानु स्वास्थ्य लाई हानी गर्न सक्छ । यसो गर्नाले तपाईं लाई कमजोरी को अनुभव गराँउछ ।

३) हप्तामा तीन पटक वजन उठाउनुहोस्

excercise

तपाईंले यस तरिकाले ​​तौल घटाउन दैनिक व्यायाम गर्न आवश्यक छैन तर यसको मतलव व्यायाम नगर्नु भनिएको चाँही होईन ।

तपाईं दैनिक व्यायाम जानु जरुरी छैन तर हप्ता म ३ पतक व्यायाम गर्नुहोस् र केही तौल उठाउनुहोस्।केहि अध्ययनले भनेको छ कि शरिरको बोसो केहि मात्रा मा घट्दा तपाँइले केहि मांसपेशिहरू पाउनुहुन्छ ।

यसो गर्नाले तपाईको शरिरले धेरै क्यालोरी खपत गर्छ र तपाईंको चपाचय ढिलो हुनबाट बचाँउछ । यो वजन घटाउने सामान्य तरिका हो।

यदी तपाँई वजन उठाउन गार्हो मान्नु हुन्छ भने तपाईका लागि केहि विकल्प मध्य कार्डियो वर्कआउटहरू जस्तै हिंडाई, टहल्न, दौडन, साइकल चलाउने वा पौडी पनि खेल्न सक्नु हुन्छ।